सनराइज बैंक पर्‍यो कारबाहीमा, जान्नुस कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक पर्‍यो कारबाहीमा, जान्नुस कारण



काठमाडौँ । सनराइज बैंक लिमिटेड सामाजिक सुरक्षा कोषद्वारा कारबाहीका लागी सिफारिसमा परेको छ । बैंकमा कार्यरत कर्मचारीको मृत्युसँगै मृतक कर्मचारीको परिवारलाई रकम नदिएको भन्दै कोषद्वारा बैँक कारबाहीका लागी सिफारिसमा परेको हो ।

सामाजिक सुरक्षा कोषले मृतक सनाज खतिवडाका परिवारलाई आधारभूत तलब र अन्तिम संस्कार खर्च बैंकबाट उपलब्ध गराउनुपर्ने बताएको छ।

जसमा आधारभूत तलब बापत ४२ हजारको ६० प्रतिशतले एकमुष्ट हुन आउने ४३ लाख ९ हजार २ सय रुपैयाँ र अन्तिम संस्कार खर्च बापत २५ हजार गरी जम्मा ४३ लाख ३४ हजार २ सय रुपैयाँ उपलब्ध गराउनुपर्ने कोषले बताएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १९:५७