नेप्से ६.३७ अंकले बढ्यो, नाै अर्ब ३० करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से ६.३७ अंकले बढ्यो, नाै अर्ब ३० करोडको कारोबार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ । आज २१४ कम्पनीहरुको केवल ९ अर्व हाराहारीको कारोबार भएको छ । आज कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मुल्य घटेका कारणले नेप्से सोचे अनुसार बढ्न सकेन ।

आधा दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबारहुँदा ७६ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

आज लाइफ इन्सस्योरेन्स र माइक्रो फाइन्नासमा सबै भन्दा धेरै असर देखियो भने फाइनान्सका शेयर धनिहरुले निकै कमाए ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार १५:२१