नेष्डो समृद्ध लघुवित्तले ८ लाख २८ हजार कित्ता आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेष्डो समृद्ध लघुवित्तले ८ लाख २८ हजार कित्ता आइपिओ जारी गर्ने



काठमाडाै| । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि  ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाले आफ्ना कर्मचारी र सामूहिक लगानी कोष समेतलाई उक्त परिमाणको साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।
 
जसका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष  विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरे ।

 
पर्वत जिल्लाको कुस्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैङ्कबाट ईजाजतपत्रप्राप्त“घ” वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
 

प्रकाशित : ६ जेष्ठ २०७८, बिहीबार १०:४६