बैंकहरुले निषेधाज्ञा अवधिभर पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकहरुले निषेधाज्ञा अवधिभर पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने



काठमाडौं । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो तैमासिक मौद्रिक समीक्षा गर्दै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १६:०२