एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा



काठमाडाैँ । एन आई सी एशिया बैंकले सेल्फ हेल्पको बैंकिङ्गको अवधारणा अनुरुप नै यस बैंकले आफ्ना ग्राहक महानुभावहरूको लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग एप मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ ।

यो सेवा अन्तर्गत अब ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो बैंकिङ्ग एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ । ग्राहक महानुभावहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको बैंकिङ्ग एपभित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नुहुनेछ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

यस कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १९:३६