हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का



काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार आज बैशाख ३१ देखि लागु हुने गरि रोक्का राखिएको नेप्सेले जनाएको छ । दुई बैंकबीच बिहिबार मर्जर सम्झौता भएको हो ।

याे पनि पढनुस् नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच मर्ज सम्झाैता,चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १३:५४