युनिलिभर नेपालको खुद नाफा ५२१.४९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनिलिभर नेपालको खुद नाफा ५२१.४९ प्रतिशतले बढ्यो



काठमाडाैँ । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको ।

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अघिल्लो बर्षको यहि अवधिको तुलनामा कम्पनीको मुनाफामा व्यापक वृद्धि भएको छ । चैत मसान्तसम्म कम्पनीको खुद नाफा ५२१.४९ प्रतिशतले बढेको छ ।

गत बर्ष कम्पनीको यो अवधिमा कम्पनी ७ करोड ६३ लाख रुपैयाँ नोक्सनीमा थियो भने यो समिक्षा अवधिसम्ममा यस्तो मुनाफा बढेर ३२ करोड १६ लाख रुपैयाँ पुगेको हो।

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ६१.९८ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिसम्ममा कम्पनीले कुल १ अर्ब ७ करोड रुपैयाँको उत्पादन बिक्री गरेकोमा अहिले समिक्षा अवधिसम्ममा यो बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४६५ रुपैयाँ ५८ पैसा पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको ईपीएस ११०.४६ रुपैयाँ ऋणात्मक रहेको थियो । कम्पनीको प्रतिसेय नेटवर्थ २६६४.८२ रुपैयाँ रहेको छ ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार १०:२२