बैंकर निरज श्रेष्ठको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकर निरज श्रेष्ठको निधन



काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भर्ना भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो ।

कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।

उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका श्रीमती र एक छोरी छन् । हाल दिल्लीमा रहेका श्रीमती र छोरी निधनको खबर लगत्तै आजै काठमाडौं आइपुग्ने बताइएको छ । बैंकिङ क्षेत्रका एक अनुभवी बैंकरको रुपमा चिनिने श्रेष्ठले तत्कालीन ग्रिनलेज बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए ।

उनले १३ वर्ष ग्रीनलेजमै बिताए । एनआईसी एसिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमइ गएका उनी ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका उनी सनराइज बैंकको पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएक थिए । तर सञ्चालक समितिमा बिवाद भएको भन्दै उनले कार्यभार नियुक्ति नलिने घोषणा गरेका थिए ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार १६:५०