काभ्रेमा बैङ्क र सहकारी आलोपालो सञ्चालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

काभ्रेमा बैङ्क र सहकारी आलोपालो सञ्चालन हुने



काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आइतबार राति १२ बजेसम्मको निषेधाज्ञाको अवधि बढाउने तयारी गरेको छ ।

‘सीमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सङ्क्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने –‘संक्रमित बिरामीहरूको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले एक साताका लागि निषेधाज्ञाको अवधि बढाउने तयारीमा छौँ ।’ 


दोस्रो चरणको निषेधाज्ञामा वित्तीय क्षेत्रलाई समेत कडाइ गरिनेछ । यस अघि वित्तीय क्षेत्रका सहकारी, बैक र बिमा कम्पनीहरू निर्बाध सञ्चालन भई रहेका थिए । आइतबार वाट लागु हुने गरी वित्तीय क्षेत्र अन्तर्गत बैकहरू आलोपालो गरी सञ्चालन हुनेछन् । त्यस्तै सहकारीहरूले साताको दुई दिन मात्र सञ्चालन हुनेछन् । 

सहकारीहरूले शेयर सदस्यहरूको सहजताका लागि सातामा दुई दिन सञ्चालन गर्नेछन् । बैक र सहकारी नियमित सञ्चालन हुँदा निषेधाज्ञा कार्यान्वयनमा जटिलता देखिएको थियो । सडकमा भिडभाड बढेसँगै प्रशासनले वित्तीय क्षेत्रको व्यवस्थापन गर्न लागेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दिए।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार ११:११