जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका बुटवल शाखा प्रमुख विक्रम कंडेलले यस सहयोगले कोभिड १९ को जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने जानकारी दिए ।

यस अवसरमा लुम्विनी प्रदेश ट्राफिक प्रहरी अधिकृत मधु नेपालले कम्पनीले प्रदान गरेको उक्त सहयोगले कोरोना रोकथाममा खटिरहेका प्रहरीलाई उच्च मनोबल प्राप्त भएको जानकारी दिंदै धन्यवाद ज्ञापन गरे ।

प्रकाशित : १९ बैशाख २०७८, आइतबार १४:०६ 2 May, 2021 2:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।