राष्ट्र बैङ्कले भन्यो – २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिनु, वर्क फर्म होम र रिमोट एक्सेस बढाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैङ्कले भन्यो – २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिनु, वर्क फर्म होम र रिमोट एक्सेस बढाउ



काठमाडाै । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई स्वास्थ्य सतर्कता अपनाउँदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएपछि राष्ट्र बैङ्कले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई स्वास्थ्य सतर्कताको साथ साथ व्यवसायलाई निरन्तरता दिन विभिन्न ७ बुदे निर्देशन जारी गरेको हो ।


 निषेधाज्ञा जारी भएका स्थानमा रहेका केन्द्रीय कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवा दिन राष्ट्र बैङ्कले निर्देशन दिएको छ । राष्ट्र बैङ्कले वर्क फर्म होम र रिमोट एक्सेसबाट सेवा दिन पनि निर्देशन दिएको छ  ।


त्यस्तै शाखाहरूबाट आलोपालो सेवा दिन, र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक सञ्जाल मार्फत जानकारी दिन भनिएको छ । राष्ट्र बैङ्कले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न र स्थानीय निकायसँग समन्वय गरी सेवा दिन निर्देशन दिएको हो  । 

 

प्रकाशित : १९ बैशाख २०७८, आईतवार १३:३१