शेयर बजारमा ९२.४६ अंकको बृद्धि,लगानीकर्ता उत्साहित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा ९२.४६ अंकको बृद्धि,लगानीकर्ता उत्साहित



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन मंगलबार हरियाली छाएको भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ ।

नेप्से ३.६९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.४८ अंकले बढेर ४६७.२८ मा पुगेको छ ।

कूल २१६ वटा कम्पनीकाे १ करोड २ लाख २ हजार २ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे परिसूचकमा हरियाली छाएकाे छ ।

त्यसैगरी, आज सबैभन्दा धेरै काराेबार हुने र सबैभन्दा धेरै नाफा कमाउने दुवैमा अपर तामाकाेशीले अग्रता हासिल गरेकाे छ ।

लगातार ओरालो लाग्दै राताम्मै बनेको सेयर बजारले आज (मंगलबार) भने उकालो यात्रा तय गरेको छ ।

मंगलबार नेप्सेमा हरायाली छाएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलवार १५:३८