राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो, सदस्य सेवामा अब्बल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो, सदस्य सेवामा अब्बल



काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बंैक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो ।


हालको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढी रहेको छ । बैकले आज प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेको छ, भने गत वर्षको सोही अवधिमा खुद ब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रहेको थियो ।

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बंैकको शेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख ७५ हजार रहेको छ ।

हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन, भने बैकको एक वटा केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ ।

आफ््ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिने सेवामा संधै अब्बल रहेको बंैकले नाफामा पनि आक्रमक रुपमा वृद्धी गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा १५ प्रतिशतले लाभाशं वितरण गरेको थियो भने बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ वटा सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम समेत बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाँईले जानकारी दिए ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलवार १३:४६