माछापुच्छ्रे बैंकको नाफा १०.६० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको नाफा १०.६० प्रतिशतले बढ्यो



काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चैत मसान्तसम्ममा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १६ करोड खुद नाफा गरेको थियो । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी बढ्दा बैंकको खुद नाफामा सुधार आएको हो । अधिकांस बैंकको ब्याज आम्दानीमा गिरावट आउँदा माछापुच्छ्रे बैंकले भने ब्याज आम्दानी समेत बढाएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.०९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप २०.५६ प्रतिशत तथा कर्जा २१.६६ प्रतिशतले बढेको छ। चैत मसान्तसम्म बैंकमा एक खर्ब २५ अर्ब निक्षेप तथा एक खर्ब १२ अर्ब कर्जा रहेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चुक्ता पूँजी ७.०३ प्रतिशत बढेको छ भने जगेडा कोष १३.९३ प्रतिशत बढेको छ। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ छ । जसको जगेडाकोषमा ३ अर्ब ५६ करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेर आम्दानी १९ रुपैयाँ १ पैसा, मूल्य आम्दानी अनुपात १८.५२ गुणा तथा प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३० पैसा छ। बैंकको खराब कर्जा भने केही बढेर ०.५१ प्रतिशत पुगेको छ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलवार १२:४९