सानिमा बैंक र माइती नेपालबीच सम्झौता नवीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंक र माइती नेपालबीच सम्झौता नवीकरण



काठमाडौँ । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ ।

मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

माइती नेपालले करिब तीन दशक देखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ । सो समझदारी पत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरे ।

सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७ विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार ०७:०६