नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर शेयरधनीको हितग्राही खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर शेयरधनीको हितग्राही खातामा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । बैंकले गत माघ ८ गते सम्पन्न ३४औं साधारण सभाबाट पारित १३ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले पुस २१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन आग्ह गरेको छ ।

पुस २१ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनश शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत बैंकले आग्रह गरेको छ ।

प्रकाशित : 25 April, 2021 11:08 am