कुमारी बैंकको नाफा ७८ दशमलव ५८ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको नाफा ७८ दशमलव ५८ प्रतिशत बढ्यो



काठमाडौं । कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म १ अर्ब १ करोड २७ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्षको सोही अवधिसम्म १ अर्ब ८० करोड ८४ लाख ८३ हजार रुपैयाँ यो खुद नाफा गरेको हो ।

यस वर्ष बैंकको सञ्चालन नाफा पनि ७४ दशमलव ४१ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ४८ करोड ८९ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १२ अर्ब ५९ करोड ६७ लाख ७६ हजार रुपैयाँ यो नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकले रेगुलेटरी रिजर्भमा ९ करोड १४ लाख ३८ हजार रुपैयाँ छुट्याएको छ । यस वर्ष १० दशमलव ८५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको बैंकको जगेडा कोष रकम ४८ दशमलव ६५ प्रतिशत बढी ३ अर्ब ८० करोड ४० लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्षभन्दा यस वर्ष ९ दशमलव ५७ प्रतिशत बढी निक्षेप संकलन गरेको बैंकले १६ दशमलव ५५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । यो वर्ष बैंकले १ खर्ब २७ अर्ब ६९ करोड ६५ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको हो भने १ खर्ब २९ अर्ब ४ करोड १५ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

गत वर्ष शून्य दशमलव ९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव शून्य ९ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५ दशमलव ४९ रुपैयाँ रहेको छ । बैंकले २० दशमलव १५ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

प्रकाशित : १२ बैशाख २०७८, आईतवार १०:५२