ज्योति विकास बैंकको मुनाफा ३८.१९ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको मुनाफा ३८.१९ प्रतिशत बढ्यो



काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको समीक्षा अवधिसम्मको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३८.१९ प्रतिशत अर्थात् ६० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि ३८.२४ प्रतिशतले बढेर ८६ करोड १४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६२ करोड ३१ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी भने ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँमात्र भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो आम्दानी १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

तेस्रो त्रैमाससम्म बैंकले ४५ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको निक्षेप संकलन ३६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो भने कर्जा लगानी २९ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।

रिजर्भको आकार ३०.०३ प्रतिशतले बढेर ८५ करोड २१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ६५ करोड ५३ लाख रुपैयाँ रहेको थियो।

बैंकले खराब कर्जा पनि २३.६८ प्रतिशतले घटाउन सफल भएको छ। गत वर्ष ०.७६ प्रतिशत रहेको खराब कर्जाको दर समीक्षा अवधिमा घटेर ०.५८ प्रतिशतमा सीमित बनेको छ। बैंकको आधार दर पनि ११.१६ प्रतिशतबाट घटेर ८.५७ प्रतिशतमा सीमित बनेको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५.६१ प्रतिशतले बढेर २०.८९ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.६३ रुपैयाँ रहेको थियो।पीई रेसियो १२.७३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३.५३ रुपैयाँ रहेको छ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १५:३७