आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्रियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्रियो



काठमाडाै । चालु आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँको रेमिटयान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखाइएको हो ।

समीक्षा अवधिमा रेमिटयान्स आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

प्रकाशित : ३१ चैत्र २०७७, मंगलवार ०७:४४