सानिमा लाइफ इन्स्योरेन्सको आइपिओलाई ‘ट्रिपल बि माइनस रेटिङ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओलाई ‘ट्रिपल बि माइनस रेटिङ’



काठमाडाै । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक शेयर (आइपीओ) लाई केयर रेटिङ नेपालले ‘ट्रिपल बि माइनस रेटिङ’ दिएको छ ।

इन्स्योरेन्सले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि केयर रेटिङ नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो ।

केयर रेटिङ नेपालले दिएको ’ट्रिपल बि माइनस रेटिङ्ग’ ले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

इन्स्योरेन्सले आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । आइपीओ निष्काशन गर्न इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार ११:२२