काठमाडाै । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ ।
अहिले ‘मेरो सेयर’ सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिलेजस्तो प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ ।
हालसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ ।
यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।
Comment