ज्योति लाईफको पहिलो कारोबारका लागि तोकियो ओपन रेञ्ज,कति हुने लाग्यो टुंगो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति लाईफको पहिलो कारोबारका लागि तोकियो ओपन रेञ्ज,कति हुने लाग्यो टुंगो ?



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ रहेको छ ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमयध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलवार ०८:२६