यसरी हेर्नुस ज्योति लाइफ आइपिओको नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यसरी हेर्नुस ज्योति लाइफ आइपिओको नतिजा



ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै छ। उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज शेयर बाँडफाँट हुने भएको हो ।

कम्पनीले बुधवार प्रि Allotment सम्पन्न गरेसँगै शुक्रबारको लागि बाँडफाँड गर्ने बाटो खुलेको हो ।

कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयरमा अत्याधिक माग परेका कारण धेरैको हात खाली हुने निश्चित छ ।

आफूलाई शेयर परे नपरेको हेर्नको लागि यो पटक सिडिएससी ले बनाएको नयाँ वेबसाईट www.iporesult.cdsc.com.np/ मा जान सकिने छ ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार १२:१५