किसान लघुवित्तको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आजदेखि रोक्का गरेको छ ।

कम्पनीले आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेकोमा सोमवार उक्त प्रस्ताव हटाई पुनः सुचना प्रकाशन गरेको थियो ।

नेप्सेले उक्त विषयका कारण आइतवार र सोमवार कम्पनीको शेयरमूल्यमा असर परेको भन्दै मंगलवार कारोबार रोक्का गरेको हो ।

शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव प्रथम पटकको सुचनामा सार्वजनिक गरेको र दोस्रो पटक हटाएको सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण पेश गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव गर्दै आइतवार प्रकाशित सुचनामा अन्यथा भएको भन्दै सोमवार दोस्रो सुचना सार्वजनिक गरेको थियो ।

प्रकाशित : १० चैत्र २०७७, मंगलवार १३:२६