युनाईटेड फाईनान्सको नयाँ शाखा मणिग्राम र पाल्पामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाईटेड फाईनान्सको नयाँ शाखा मणिग्राम र पाल्पामा



काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले २५औं र २६औं शाखा रुपन्देहिको मणिग्राम र तानसेनको पाल्पामा सञ्चालनमा ल्याएको छ । दुबै शाखाले आजदेखि नै विधिवत रुपमा बैंकिङ्घ कारोवार सञ्चालनमा ल्याएको हो ।

उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक प्रभा पाण्डेले तथो पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक मनिष कुमार खेमकाले संयूक्त रुपमा गरेका मणिग्राम शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ । चुक्ता पुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबै भन्दा ठुलो फाइनान्स कम्पनी युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार १६:०६