दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ



काठमाडौं । दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरी कमलपोखरी बृत्तमा पठाएको छ ।

दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरको जाहेरी परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।

दुगडले दिएको ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि पीडितले उजुरी हालेका थिए । उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार २०:०८