सेयर बजारमा चमक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा चमक



काठमाडौं । साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा चमक देखिएकाे छ ।

नेप्सेका अनुसार आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ ।

आज ४ अर्ब ६६ करोड १७ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये अन्यसबै समूहमा हरियाली छाएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहीबार १५:३७