नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जना फाइनान्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन भएको छ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार एक सय ४५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य एक हजार २ सय ५९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे १३.५९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १८५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले अन्तिम कारोबार मूल्य २१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित : १ चैत्र २०७७, आईतवार १३:५५