काठमाडाै । काठमाडौंको एक सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद चोरी भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार साँझ उक्त नगद चोरी भएको प्रहरीले बताएको छ ।
सहकारीको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको बताइएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरुको खोजी कार्य गरिरहेको बताइएको छ ।
Comment