मित्र सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद चोरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मित्र सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद चोरी



काठमाडाै । काठमाडौंको एक सहकारी संस्थाबाट १५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार साँझ उक्त नगद चोरी भएको प्रहरीले बताएको छ ।

सांकेतिक तस्वीर इन्टरनेटबाट साभार

सहकारीको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको बताइएको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरुको खोजी कार्य गरिरहेको बताइएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार १६:२८