हकप्रद शेयर विक्री गर्न अरुणभ्यालीलाई अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हकप्रद शेयर विक्री गर्न अरुणभ्यालीलाई अनुमती



काठमाडौं । हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते बोर्डको अनुमति पाएको हो ।

कम्पनीले गत असोज २१ गते उक्त कप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार १६:१३