उन्नतिस करोड बराबरको आइपिओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उन्नतिस करोड बराबरको आइपिओ आउँदै



काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर(आईपीओ) चैत ६ गतेदेखि निष्काशन खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त शेयर मध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात एक लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणका लागि निष्काशन खुला गरिएको धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

कम्पनीले यसअघि आयोजना स्थल दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार १४:०२