कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने



काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको विहीबार बसेको सञ्चालक समितिको बैठकले २०७७ असार मसान्तसम्मको नाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर प्रस्ताव गर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले जनाएका छन् ।

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने सीईओ अधिकारीले बताए ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार १३:२३