शेयर बजार फेरि उकालो यात्रामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजार फेरि उकालो यात्रामा



काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ । नेप्से १.६४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे एक कराेड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे छ । कारोबार रकममा भारी गिरावट आएको हो ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १३ उपसमूहहरुमा १३ वटै कम्पनीको सेयर बढेको छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगाडी देखिएको छ । कम्पनीकाे ४४ कराेड ४८ लाख ५२ हजार रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे हाे ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १६:००