सोमबार रातिबाट एनआईसी एशिया बैंकको एटिएम नचल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सोमबार रातिबाट एनआईसी एशिया बैंकको एटिएम नचल्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। एनआईसी एशिया बैंकले आज सोमबार राति ११ बजेर ४५ मिनेटदेखि विहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने भएको छ।

बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नु पर्ने भएकोले कारोबार बन्द गर्न लागेको हो।

यस अवधिमा एटिएम, पिओएस र इकमर्स कारोबार प्रभावित हुनेछन्। त्यस्तै डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पुर्ण कारोबार प्रभावित हुने बैंकले जनाएको छ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १५:०९ 1 March, 2021 3:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।