सांग्रिला डेभलपमेन्ट बैंकलाई नेप्सेले लगायो डण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकलाई नेप्सेले लगायो डण्डा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग स्पष्टिकरण मागेकाे छ ।


बैंकले लाभांश घाेषणा गरेकाे सूचना काराेबार समयमा नै नेप्सेमा पठाएकाे भन्दै धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२(१)(घ) मा भएकाे व्यवस्था बमाेजिम धिताेपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएकाे साेही दिन अथवा भाेलिपल्ट काराेबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेकाे भन्दै काराेबार राेक्का गरेकाे छ ।

नेप्सेले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।


बैंककाे आज (फागुन १६ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार १४:१५ 28 February, 2021 2:15 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।