काठमाडौँ । नबिल बैंक लिमिटेडकाे रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् ।
बैंककाे फागुन १० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे संस्थापक शेयरधनीहरूकाे तर्फबाट रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्यायलाई नियुक्त गरिएकाे बैंकले जानकारी दिएकाे छ ।
त्यसैगरी, बैंककाे साेही सञ्चालक समितिको बैठकमा उनले पदबहाली गरेका पनि बैंकले जनाएकाे छ ।
Comment