धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धरान र ढल्केवर कृषि उपज बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा



काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ ।

धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोज्यूले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोर्ड सेवा सुरु भएसंगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नुहुनेछ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार २१:२६