सेयर बजारमा सामान्य सुधार, ९ कम्पनीको सेयरमूल्य सर्वाधिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा सामान्य सुधार, ९ कम्पनीको सेयरमूल्य सर्वाधिक



काठमाडौं । साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजार सामान्य सुधार देखिँदा सेन्सेटीभ परिसूचक भने घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ ।

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

काराेबार रकमकाे आधारमा नेपाल बैंक लिमिटेडले अग्र स्थान कायम गरेकाे छ । आइतबार अपर तामाकाेशी, शिव श्री हाइड्राेपावर, निफ्रा लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १५:३०