मुक्तिनाथ विकास बैंकले ल्याएको भर्चुअल सेवामा यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकले ल्याएको भर्चुअल सेवामा यस्ता छन् सुविधा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले भर्चुअल सहायता सेवा संचालनमा ल्याएको छ। बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुक्ति भाई नामक भर्चुअल सहायता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको जनाएको छ ।

यस भर्चुअल सहायता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याईएको छ । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्ने छन् ।

यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाई वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिने जनाएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १५:१४