सिभिल बैंकको लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल बैंकको लाभांश पारित



काठमाडौं । सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारण सभा आज (फागुन ९ गते, आइतबार) भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ कराेड २ लाख ७१ हजार १ सय ७३ रूपैयाँ ९१ पैसा बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने ३ कराेड ३६ लाख ९८ हजार ४ सय ८२ रूपैयाँ ८४ पैसा रूपैयाँ बराबरकाे नगद नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

यसका साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने-गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १४:४५