एनसीसी बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले फागुन २ गते , आइतबारबाट लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा २५ लाख कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरि बिक्री गरेको हो ।

उक्त शेयरमा हालका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आजसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिने छ ।

उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १०:२९