दुई कम्पनीको शेयर मूल्य समयोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई कम्पनीको शेयर मूल्य समयोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रवार दुई ओटा कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो ।

नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २ हजार ५ सय ५ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य २ हजार ७ सय ५५ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

त्यस्तै, नेप्सेले नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ३ सय ६४ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीवार शेयरमूल्य१ हजार ४४३ रुपैयाँ मा अन्तिम कारोबार भएको थियो ।

कम्पनीको यस वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २२ गते १४औं वार्षिक साधारण सभा बोलाएको हो ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार १२:१८