महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको छ । यसैक्रममा काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५ लाख सहयोग प्रदान गरेको छ ।

बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् ।

उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको छ । देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार १७:०२