नेप्से दोहोरो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से दोहोरो अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज दोहोरो अंकले बढेको छ । बुधबार ९.९४ अंकले बढेर दुई हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज २५.२३ अंकले नेप्से बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ भने ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ३ वटा उपसमूहहरुको सेयर घटेको छ ।


त्यसैगरी, आज कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श, कर्णाली डेभलपमेन्ट बैंक, एभरेस्ट ैंक, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक, समृद्धी फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार १५:२३