‘कुमारी इक्विटी फन्ड’फागुन १४ देखि ,कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

‘कुमारी इक्विटी फन्ड’फागुन १४ देखि ,कहाँबाट दिने आवेदन ?



काठमाडाै । कोष प्रबन्धक कुमारी बैंक लिमिटेड रहेको र कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालन हुने ८० करोडको ८ करोड इकाइ‘कुमारी इक्विटी फन्ड’ फागुन १४ गतेबाट निष्कासन हुने भएको छ।


यस योजना १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि र बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।


यो दशवर्षे बन्दमुखी योजना हो । लगानीकर्ताले यो योजनामा फागुन १४ गतेबाट फागुन २८ गतेसम्म आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकृत ८० लाख इकाइसम्म आवेदन दिन सकिनेछ।
इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ।

यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार ११:१९