१ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक



काठमाडाै । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।


उक्त संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।


उक्त समयभित्र कुनैपनि आवेदन नपरेमा उक्त सेयर बाहिरी बिक्रीका लागि प्रक्रिया अगाडी बढाइने बैंकले जनाएको छ ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार १३:०७