नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।

बैंककाे सञ्चालक समितिकाे बैठकले बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त बैंककाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

प्रकाशित : 11 February, 2021 11:21 am