काठमाडौं । सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । संचालक समितिको बैठकले बैंकको राणालाई डेपुटी सिईओमा नियुक्त गरेको हो ।
१४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी राणा यसअघि बैंकमा डेपुटी जेनेरल म्यानेजर (डिजिएम) मा कार्यरत थिइन् ।
लामो समयदेखिको बौंकिङ क्षेत्रको अनुभव रहेको राणाले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् ।
Comment