जनरल इन्स्योरेन्सको कामु महाप्रवन्धकमा मास्के « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

जनरल इन्स्योरेन्सको कामु महाप्रवन्धकमा मास्के

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धकलाई कामु महाप्रवन्धकको जिम्मेवारी दिएको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा सहायक महाप्रवन्धक पदमा कार्यरत विनेश मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्नको लागि कायम मुकायम महाप्रवन्धकको जिम्मेवारी तोकिएको हो।
कम्पनीले यस अगाडि कार्यरत महाप्रवन्धक एसके टमोटलाई विदाइ गरे पछि महाप्रवन्धक पद खाली थियो। कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत पदमा रामचन्द्र श्रेष्ठलाई नियुक्ती दिने गरि अगाडि बढेको छ। यसका लागि केहि समय लाग्ने भए पछि तत्कालका लागि मास्केलाई प्रमुखको रुपमा कार्य गर्ने गरि जिम्मेवारी तोकिएको हो।

प्रकाशित : २५ माघ २०७७, आइतबार २०:११ 7 February, 2021 8:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।